मापदण्ड विपरितका घर-टहरा हटाउन पनौती नगरपालिकाको आग्रह, अटेर गरे कारवाही

नौलो समाचार संवाददाता
२०७९ भाद्र २१, मंगलबार मा प्रकाशित ९५२ पटक पढिएको
मापदण्ड विपरितका घर-टहरा हटाउन पनौती नगरपालिकाको आग्रह, अटेर गरे कारवाही

भदौ २१, काभ्रे।  पनौती नगरपालिकाले मापदण्ड विपरितका घर टहरा हटाउने भएको छ।

नगरक्षेत्रका विभिन्न ठाउँ तथा सडक किनारामा नगरपालिकाबाट स्वीकृति नलिई निर्माण भएका संरचना हटाउन नगरपालिकाले सूचना जारी गरेको छ।

नगरपालिकाबाट स्वीकृति नलिई घर टहराहरु निर्माण भएका र हालसमेत कतिपय स्थानमा निर्माणको कार्य भइरहेकोले मापदण्ड विपरितका सम्पूर्ण घर टहरा हटाउन अटेर गरे स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा कहिलेदेखि र कहिलेसम्म मापदण्ड विपरितका घर टहरा हटाउने भन्ने मिति चाही तोकिएको छैन।

नगरपालिकाको स्वीकृति लिएर मात्र निर्माण कार्य गर्न-गराउन सूचनामा सम्पूर्ण नगरवासिमा आग्रह गरिएको छ।

काठमाडौं महानगरपालिकाले मापदण्ड विपरितका घर-टहरा हटाउने कार्यलाई जारी राखेको छ। अबैध संरचना हटाउने विषय राम्रो हो तर पनौती नगरपालिकाले कार्यान्वयनमा लैजान सक्छ या सक्दैन यो भने हेर्न बाकि छ।

पनौती नगरपालिकाद्वारा जारी सूचना :

 

प्रतिक्रिया दिनुहोस