मध्य दशैंमा झरी सुरु, किसानसंगै दशैं मनाउनेलई चिन्ता

नौलो समाचार संवाददाता
२०७९ आश्विन १८, मंगलबार मा प्रकाशित ५६० पटक पढिएको
मध्य दशैंमा झरी सुरु, किसानसंगै दशैं मनाउनेलई चिन्ता

असोज १८, काठमाडौं। मध्य दशैंमा झरी सुरु भएपछि सबैभन्दा बढी किसान चिन्तित भएका छन्।

जल तथा मौसम विज्ञान विभागले केही दिन वर्षा हुने पूर्वानुमान गरेसंगै आजबाट झरी सुरु भएपछी किसानहरु पाकेको धान कसरी जोगाउने भनेर चिन्तामा परेका छन्।

पाकेर काट्ने अवस्थामा पुगेको धान ठूलो वर्षा भएमा नोक्सान हुन सक्ने पीरले विभिन्न जिल्लाका किसानलाई सताएको छ। गएको वर्ष पनि असोज अन्तिम हप्ता तथा कात्तिक पहिलो हप्ताको बेमौसमी वर्षाले क्षति गरेको थियो।

यतिखेर धान पाक्ने बेला भएकाले दशैँ मनाउनेभन्दा पनि धान कसरी जोगाउनतर्फ ध्यान गएको किसानले बताएका छन्।

अर्कोतर्फ दशैंको उल्लासमय र मनमोहक वातावरण नहुदा दशैं मनाउनेहरूलाई पनि निराश बनाएको छ। घुम्न तथा आफन्तको जान पनि झरीले निराशा बनाएको उनीहरुको भनाई छ।

प्रतिक्रिया दिनुहोस