असोज २०, मकवानपुर। बारामा आज बिहान बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ।
चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए।
मृतक सबैको सनाखत हुन बाँकी छ।
इन्सपेक्टर श्रेष्ठका अनुसार दुर्घटनामा २० भन्दा बढी घाइते भएका छन् । घाइते दुई जनाको अवस्था गम्भीर छ। घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ।
नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६-००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो।
प्रतिक्रिया दिनुहोस