अन्तरघातको आरोपमा काभ्रेमा ३ जना कांग्रेस नेतालाई कारबाही सिफारिस

नौलो समाचार संवाददाता
२०७९ पौष २, शनिबार मा प्रकाशित १४२९ पटक पढिएको
अन्तरघातको आरोपमा काभ्रेमा ३ जना कांग्रेस नेतालाई कारबाही सिफारिस

पुष २, काभ्रे। काभ्रे कांग्रेसले ३ जना नेताहरुलाई कारबाहीका लागि सिफारिस गरेको छ।

काभ्रे कांग्रेसले गत मंसिर ४ गतेको संघ र प्रदेश सभा निर्वाचनमा पार्टी विरुद्ध लाग्ने २ केन्द्रीय सदस्यसहित ३ जनालाई कारबाही गर्न सिफारिस गरेको हो।

जिल्ला कार्यसमिति बैठकले केन्द्रीय सदस्यद्वय मधु आचार्य र गणेश लामा र पाँचखाल नगरपालिकाका मेयर महेश खरेललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको हो।

जिल्ला समितिले कारबाहीको सिफारिस गर्नु अघि अनुसशान समितिको बैठक बसेको थियो। निर्वाचनमा पार्टीका उम्मेदवार र गठबन्धनका उम्मेदवार विरुद्ध अन्तरघात तथा असहयोग गर्ने नेता कार्यकर्तालाई कारबाहीको उजुरी दिन अनुशासन समितिले पुस १ गतेसम्मको समय तोकेको थियो।

सम्पन्न निर्वाचनमा पार्टीको उम्मेदवार हराउनका लागि भूमिका खेलेको भन्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको जिल्ला सभापति तीर्थ लामाले बताउनुभयो।

त्यस्तै कम मत आएको पालिकामा सम्बन्धित पालिका समितिले स्पष्टीकरण सोध्नसक्ने निर्णय गरेको लामाले बताए। काङ्ग्रेसको उम्मेदवार शिवप्रसाद हुमगाईँ एमाले उम्मेदवार गोकुल बास्कोटासँग पराजित भएका थिए।

समितिका संयोजक रविन्द्र सिग्देलका अनुसार सबैभन्दा बढी उजुरी काभ्रे प्रतिनिधि सभा २ र प्रनितिधि सभा १ प्रदेश सभा २ बाट उजुरी परेको थियो।

बैठकले काभ्रे प्रतिनिधि सभा २ को प्रदेश सभा २ बाट निर्वाचित कन्चनचन्द्र बादेलाई समेत स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । प्रतिनिधि सभाका उम्मेदवार शिव प्रसाद हुमागाई र बादेबीचको मत निकै काम आएको थियो।

प्रतिक्रिया दिनुहोस