भारतमा हुने अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि ‘आईटीएफ’ नेपालको टोलि प्रस्थान

नौलो समाचार संवाददाता
२०७९ पौष ३, आईतबार मा प्रकाशित १०२० पटक पढिएको
भारतमा हुने अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि ‘आईटीएफ’ नेपालको टोलि प्रस्थान

पुष ३, काभ्रे। भारतको चेन्नईमा हुने अन्तराष्ट्रिय तथा राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोलि त्यसतर्फ प्रस्थान गरेको छ।

भारतको चेन्नई सहरमा यही दिसंबर २७,२८ तारीकमा (पुष १२ / १३ गते) प्रतियोगिता हुदैछ।

प्रतियोगितामा सहभागी हुन तेक्वान्दो आईटीएफ नेपालका खेलाडी तथा अफिसियल गरी २० जानाको नेपाली टोली आज बस तथा रेलमार्गद्वारा त्यसतर्फ प्रस्थान गरेको हो।

क्वान्दो आईटीएफ नेपालका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय ‘ए क्लास रेफ्री’ लक्ष्मण बस्नेतले प्रतियोगिता निर्देशकको भूमिका अनिर्वाह गर्नुहुनेछ।

टीम मनेजरमा संस्थाका सदस्य श्रीप्रसाद खनाल र नानीराम बस्नेत तथा रेफ़्रीमा सस्मिनी बस्नेत रहनुभएको छ। सस्मीनी बस्नेतले यसअघि २०१९ मा दक्षिण कोरियामा अन्तराष्ट्रिय प्रतियोगिता र २०२२ मा नेदरल्याण्डमा सम्पन्न भएको बिश्व तेक्वान्दो प्रतियोगितामा मुख्य रेफ़्रीको भूमिका निर्वाह गरिसक्नुभएको छ।

आई.टी.एफ नेपालका सचिब उद्दव कार्कीले टोलीका सदस्यहरुलाई खादा, माला लगाई विदाई गर्नुभएको छ।

खेलाडीहरुमा आरती सिंखवाल, निकिता हुमागाई, आकृति गुरुङ फीमेल इण्डीभीजुअल स्पारिंग र प्याटर्न तर्फ आ-आफनो उमेर, तौल र बेल्ट समूहमा प्रतिस्पर्धा गर्नेछन्।

यस्तै, मेल इण्डीभीजुअल स्पारिंग र प्याटर्न तर्फ अर्जुन गोले, कुन्साङ तामाङ, कुशल खड्का, जयराम बीके, बिनोद बिके, निकेश भुजेल, रीजन श्रेष्ठ, सुभम् खत्री, छेजू लाक्पा तामाङ, नतीज ढूँगेल, बेरबहादुर घिसिङ, अर्जुन तामाङले आ-आफनो तौल उमेर र बेल्ट समूहमा प्रतिस्पर्धा गर्ने तेक्वान्दो आईटीएफ नेपालले जानकारी दिएको छ।

प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी करीब ४०० जाना खेलाडी तथा अफिसियल सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस