पुस १३, काभ्रे। पनौती नगरपालिका-५ नैकिनटारमा मोटरसाइकलले ठक्कर दिदा एक बालिका गम्भीर घाइते भएकी छिन्।
बनेपाबाट पनौती तर्फ जादै गरेको बा. प्र. २-०३३ प. ४१४४ नम्बरको मोटरसाइकलले पैदल यात्री ५ बर्षीय कृष्टीना बनमालीलाई ठक्कर दिएको हो।
घाईते कृष्टीनाको शीर मेमोरियल अस्पताल बनेपामा उपचार हुन नसकेपछि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।
बालिकाको टाउको र दाँया हातमा ठुलो चोट लागेको बताइएको छ।
गम्भीर घाइते कृष्टीना बुबा कान्छामान बनमालीसंगै पनौती नैकिनटारमा डेरा गरी बस्ने गरेका छन्। बनेपा नगरपालिका वडा नम्बर ८ घर भई हाल पनौती नैकिनटारमा डेरा गरी बस्ने गरेको बुझिएको छ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस