भारतको चेन्नईमा जारी अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले जित्यो १२ स्वर्ण, ९ रजत र ४ काश्य पदक

नौलो समाचार संवाददाता
२०७९ पौष १४, बिहिबार मा प्रकाशित ६३४ पटक पढिएको
भारतको चेन्नईमा जारी अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले जित्यो १२ स्वर्ण, ९ रजत र ४ काश्य पदक

पुस १४, काभ्रे। भारतको चेन्नईस्थित तमिलनाडुमा जारी अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले १२ स्वर्ण, ९ रजत र ४ काश्य पदक जित्न सफल भएको छ।

चेन्नईस्थित तमिलनाडु फिजिकल एजुकेशन तथा स्पोर्ट्स युनिभर्सिटीमा यही पुस १२ र १३ गते (डिसेम्बर २७, २८ तारिक)मा सम्पन्न भएको  अन्तराष्ट्रिय तथा राष्ट्रीय तेक्वान्दो प्रतियोगीतामा नेपालबाट १२ जना पुरुष र ३ जना महिला गरी १५ खेलाडी सहभागी भएका थिए।

तेक्वान्दो आईटीएफ़ नेपालका पदक विजेता खेलाडीहरुमा पुरुष व्यक्तिगत सपरिंग तर्फ ७ वर्षमुनि २८ केजी तौल समुहमा नतिज ढुंगेलले स्वर्ण पदक जितेका छन्।

यस्तै, १० देखि १२ वर्षमुनि कलर वेल्ट ३४ केजी समुहमा सुभम खत्रीले रजत पदक र ग्रीन टिप प्याटर्न तर्फ काश्य पदक जितेका छन्। १२ वर्षमुनि कलर वेल्ट ३८ केजीमा छेजू लक्पा तामाङ रजत र एल्लो वेल्ट प्याटर्न तर्फ स्वर्ण पदक हात पारेका छन्।

१३ देखी १५ वर्ष कलर बेल्ट ३८ केजीमा कुशल खड़काले स्वर्ण, सोही उमेर समूहमा ५१ केजी मुनिमा जयराम बिके रजत ब्लैक टिप प्याटर्न तर्फ़ स्वर्ण र अर्जुन तामाङले कास्य र प्याटर्न तर्फ़ कास्य जितेका छन्।

त्यसैगरी, १३ देखी १५ बर्स कलरबेल्ट ६५ केजी मुनिमा रिजन श्रेष्ठले स्वर्ण र एलोटिप प्याटर्न तर्फ़ पनी स्वर्ण जीतेका छन्। १५ देखी १७ वर्ष ब्लैक बेल्ट ७८ केजी मुनिमा बिनोद बीके रजत र ब्लैक बेल्ट प्याटर्न तर्फ़ कास्य, १८ वर्ष उमेर समूह ५१ केजी मुनि तर्फ़ निकेश भुजेल रजत र ग्रीन बेल्ट प्याटर्न तर्फ़ स्वर्ण, १५ देखी १७ वर्ष रेड बेल्ट समूहमा अर्जुन गोलेले स्वर्ण, १८ बर्स ब्लैक बेल्ट ५८ केजी मुनि तर्फ़ कुन्साङ तामाङ स्वर्ण र ब्लैक बेल्ट प्याटर्न तर्फ़ पनी स्वर्ण पदक हात पारेका छन्। सोही उमेर समूहमा ब्लैक बेल्ट ६८ केजी मुनि तौल समूहमा बेरबहादुर घिसिङले स्वर्ण पदक जीतेका छन् भने महिला १० वर्षमुनि कलर बेल्ट ४० केजी मुनिमा आकृति गुरुङले रजत र एलोबेल्ट प्याटर्न तर्फ़ रजत जितेकी छिन।

यस्तै, १३ बर्समुनि कलर बेल्ट ४० केजी मुनिमा निकिता हुमागाईले रजत र एलो टिप प्याटर्न तर्फ़ स्वर्ण, १८ वर्ष माथी ब्लैक बेल्ट ५० केजी मुनि तौल समूहमा आरती सिंखवालले रजत र ब्लैक बेल्ट प्याटर्न तर्फ़ कास्य पदक जित्दै उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका थिए।

टिम म्यानेजर नानीराम बस्नेत र श्रीप्रसाद खनालका अनुसार भारतका विभिन्न स्टेटबाट सहभागी भएका धेरै जसो टिम, खेलाडी, ऑफिसियल तथा अभिभावकहरु नेपाली खेलाड़ीको उत्कृष्ट एवं अनुशासित खेलबाट धेरै नै प्रभावित भयका थिए।

उक्त प्रतियोंगीतामा नेपालकी सस्मीन बस्नेतले अम्पाएर भूमिका निर्वाह गरेकी थिईन भने तेक्वान्दो आईटीएफ़ नेपालका संस्थापक अध्यक्ष तथा नेपालको लागी पहिलो आईटीएफ़ तेक्वान्दोमा पहिलो अन्तर्राष्ट्रिय मेडल (सन २००४ मलेशिया) तथा वर्ल्ड च्याम्पियनसिप (सन २०१६ यूके) मा स्पेयरिंग तर्फ़ कास्य पदक जीतेका  अन्तर्राष्ट्रिय ए क्लास रेफ़्री लक्ष्मण बस्नेतले प्रतियोगिता निर्देशकको भूमिका निर्वाह गरेका थिए।

तेक्वान्दो आईटीएफ़ नेपालले आफ़नो स्थापना काल (सन २००४ ) देखी नै देखी बिदेशमा सम्पन्न भएका अन्तर्राष्ट्रिय, एशिया तथा बिश्व तेक्वान्दो प्रतियोंगीताबाट अपवाद बाहेक हालसम्म हरेक जसो खेलाडीले कुनै न कुनै मेडल जितेर नेपालको नाम बिश्वसामू प्रचार गरी देशको लागी योगदान दिन पाएकोमा गर्वको महसूस हुने गरेको अध्यक्ष लक्ष्मण बस्नेतले बताएका छन्।

प्रतिक्रिया दिनुहोस