डिजल र मट्टीतेल लिटरमा १० रुपैंया घट्यो, घट्ला सार्वजनिक यातायातको भाडा ?

नौलो समाचार संवाददाता
२०७९ चैत्र २०, सोमबार मा प्रकाशित ११९८ पटक पढिएको
डिजल र मट्टीतेल लिटरमा १० रुपैंया घट्यो, घट्ला सार्वजनिक यातायातको भाडा ?

चैत २०, काठमाडौं। नेपाल आयल निगमले डिजल, मट्टीतेल र हवाई इन्धन र पेट्राेलको भाउ घटाएको छ।

आज बसेको निगम सञ्चालक समिति बैठकले डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घटाउने निर्णय गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै रहेको छ ।

अब डिजल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ । यस्तै पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घटाएर एक सय ७५ रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।

भारतबाट मूल्य घटेर आए पनि नेपालमा नघटेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । निगमले लिटरमै १० रुपैयाँ भाउ घटाएपछी अब सार्वजनिक गाडीको भाडा पनि घट्ने आकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस