बागमती प्रदेशमा थपिए दुई मन्त्री, को हुन् खानेपानी उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामा ?

नौलो समाचार संवाददाता
२०७९ चैत्र २६, आईतबार मा प्रकाशित १५२१ पटक पढिएको
बागमती प्रदेशमा थपिए दुई मन्त्री, को हुन् खानेपानी उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामा ?

चैत २६ , हेटाैँडा। कांग्रेस संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् भने कांग्रेसकै तिर्थबहादुर लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त भएका छन्।

आज नियुक्त भएका मन्त्रीहरुले आज साँझ नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीद्वयलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ खुवाएका हुन्।

राप्रपा र एमालेले छोडेका ७ मन्त्रालयमा आज २ मन्त्रालयको पदपूर्ति गरिएको र बाँकी ५ मन्त्रालयको पनि छिट्टै पदपूर्ति हुने मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताए।

को हुन् खानेपानी उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामा ?

तीर्थ लामाको जन्म २०३१ असार ९ मा साविक सिपाली चिलाउने–१ मा भयो । अहिले नेपाली कागेसका सभापति हुन् लामा । गत मंसिरमा भएको निर्वाचन लामा काभ्रे १(ख)का प्रदेशसभामा निर्वाचति भएका थिए।

दोस्रो संविधानसभा निर्वाचनमा काभ्रे १ बाट निर्वाचित भएका थिए। त्यसअघि त्यो क्षेत्र कम्युनिस्ट गढका रुपमा परिचित थियो। त्यो क्षेत्र पहिलो संविधानसभामा कांग्रेसले ७ हजार मत ल्याएको थियो, तर उनले १२ हजार बढी मत ल्याएर विजयी भए।

२०७४को प्रतिनिधिसभा पनि सोही क्षेत्रबाट उठे । तर, माओवादी केन्द्र र एमालेले गठबन्धन गरेका कारण उनी ४ हजार मततान्तरले पराजित भए।

वि.सं. २०६४ बाट नेपाली कांग्रेसको राजनीति सुरु गरेका लामा सोही वर्ष क्षेत्रीय उपसभापति मनोनित भएका थिए । कांग्रेसको १२औं र १३औं महाधिवेशनमा उनी लागतार दुई पटक क्षेत्रीय सभापति निर्वाचित भए ।

काभ्रे २ क्षेत्रमा विभाजित भएपछि उनी क्षेत्र नं.१ को क्षेत्रीय सभापति बने। १४औं महाधिवेशनबाट उनी जिल्ला सभापतिमा निर्वातिच भए।

विं.सं. २०७०मा उनी कांग्रेस संसदीय दल कार्यसमितिको सदस्य निर्वाचित भए । र, संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य भएर भूमिका निर्वाह गरे ।

प्रतिक्रिया दिनुहोस