वैशाख १२, चितवन। चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । उहाँले यसअघिको आफ्नै रेकर्डसमेत तोड्नु भएको छ ।
गएको मंसिर ४ गते भएको चुनावमा उहाँले ४९ हजार ३ सय मत ल्याएर विजयी हुनुभएको थियो भने अहिले ५४ हजार १ सय ७६ मत पाउनु भएको छ । उहाँले अहिले मंसिरमा पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेक गर्नु भएको हो ।
उपचुनावमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत ल्याउनु भयो । यस्तै, एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ पाउनुभयो ।
यसअघि यही क्षेत्रबा विजयी रवि लामिछानेको नागरिकता विवादमा पद गुमेसँगै उपचुनाव भएको हो ।
सर्वोच्च अदालतको आदेशअनुसार पद गए पनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट कायम गराएर लामिछानेले फेरि चुनावी प्रतिस्पर्धा गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस