विवाहका लागि टिकाटालो गरेर फर्किँदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०८० अषाढ ८, शुक्रबार मा प्रकाशित ३३५ पटक पढिएको
विवाहका लागि टिकाटालो गरेर फर्किँदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

असार ८, गोरखा। गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ पुरुष र १ महिला रहेका छन् ।

मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेका छन् ।

शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो ।

दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार घटना लगत्तै जिल्लाबाट डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको थियो ।

जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियाे ।

यस्तै घाइते भएका १२ जनामध्ये ११ जनाको तनहुँको आँबुखैरेनीमा उपचार भइरहेको छ । एक जनालाई भने थप उपचारका लागि चितवन रेफर गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गाडीमा १९ जना थिए । दुई जनाले भने दुर्घटना हुँदै गर्दा हाम फालेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस