विद्यार्थीहरुले प्रस्तुत गरे ‘केस स्टडी’

नौलो समाचार संवाददाता
२०८० आश्विन १५, सोमबार मा प्रकाशित १२६९ पटक पढिएको
विद्यार्थीहरुले प्रस्तुत गरे ‘केस स्टडी’

चौकोट/ जिल्लाका १० सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुले केस स्टडी प्रस्तुत गरेका छन् । विद्यार्थीलाई गुणवान् र चलाख बनाउने लक्ष्यकासाथ स्थापना भएको क्वेस्ट नेपाल अन्तर्गत दोर्जेलाक्पा हवको आयोजनामा भएको आठौं ‘दोर्जेलाक्पा एस क्यु सी हव कन्भेन्सन ’ अन्तर्गत केस स्टडीका अतिरिक्त कथा रचना, हाजिरीजवाफ, कोलाज, योग, जुम्बाजस्ता विभिन्न कृयाकलाप सञ्चालन भएका थिए ।
काठमाडौं युनिभर्सिटि हाइ स्कुलमा भएको कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, क्वेस्ट नेपालका संस्थापक दिनेश चापागाईं, अध्यक्ष सुरिना सुनयनी गुरुङ, दोर्जे लाक्पा हवका संयोजक कृष्ण के.सीका साथै क्वेस्ट नेपालका पदाधिकारीहरुको उपस्थिति थियो ।
कार्यक्रमबाट विद्यार्थीमा एकता, समूह कार्य तथा कुनै पनि समस्यालाई बैज्ञानिक तरिकाले सुल्झाउन मद्दत गर्ने हाइस्कुलका प्रधानाध्यापक तेजेन्द्रप्रकाश राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस