एनआरएनए स्विडेनले बाल उज्वल माविलाई दियो फर्निचर सामाग्री

नौलो समाचार संवाददाता
२०८० आश्विन २७, शनिबार मा प्रकाशित ८८१ पटक पढिएको
एनआरएनए स्विडेनले बाल उज्वल माविलाई दियो फर्निचर सामाग्री

नमोबुद्ध\ गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् स्विडेनले नमोबुद्ध वडा नं १० स्थित बाल उज्वल माध्यमिक विद्यालयलाई फर्निचरका सामान सहयोग गरेको छ ।

प्रत्येक बर्ष नेपालमा एक परोपकारी कार्य गर्नुपर्ने एनआरएनएको विधान अनुरुप विभिन्न ४ स्थानमा आएका निवेदनमध्ये बाल उज्जवल माविले ३ लाख १५ हजार बराबरको फर्निचर सामाग्री पाएको हो । एनआरएनए स्विडेनका निवर्तमान अध्यक्ष राजकुमार पाठकको कार्यकालमा उक्त निर्णय गरिएको थियो । समाजसेवी शान्ता पाठक नरालले समन्वयन गरेकी थिइन् ।

पाठकले नै एक कार्यक्रममा उक्त सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्याय, प्रधानाध्यापक नारायणभक्त श्रेष्ठलाई हस्तान्तरण गरिन् ।

हस्तान्तरण कार्यक्रममा समाजसेवी सन्तमान तामाङ, धावा लामा, विष्णुप्रसाद नराल, कृष्णप्रसाद नराल, नमोबुद्ध कार्यपालिका सदस्य बुद्धकुमारी तामाङ, वडासदस्यहरु गीता विश्वकर्मा, कुमार सिं लामा, सन्तोष पाठक लगायतको उपस्थिती थियो ।

दक्षिण कोरियामा संकलित ४ सय अमेरिकन डलर र समाजसेवी सन्तमान तामाङले ५१ हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरे ।

कार्यक्रममा समाजसेवी शान्ता पाठक नराललाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस