धर्मरक्षा र राष्ट्र रक्षा मात्रै हाम्रो उद्धेश्य : विश्व हिन्दु महासंघ अध्यक्ष अधिकारी

नौलो समाचार संवाददाता
२०८० आश्विन २८, आईतबार मा प्रकाशित १३१५ पटक पढिएको
धर्मरक्षा र राष्ट्र रक्षा मात्रै हाम्रो उद्धेश्य : विश्व हिन्दु महासंघ अध्यक्ष अधिकारी

बनेपा– विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीले धर्मरक्षा र राष्ट्र रक्षा मात्रैे उद्धेश्य रहेको बताएका छन् ।

विश्व हिन्दु महासंघ जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले बडा दशैं, शुभ दीपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा बनेपा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा बोल्दै उनले सन्तान हिन्दुराष्ट्र स्थापना नै आफ्नो उद्धेश्य भएको बताए । केही लोभीपापीले धर्म परिवर्तन गरेको तर्क गर्दै उनले विश्वव्यापी रुपमा नै हिन्दुत्वप्रति आकर्षित भएर फर्कने क्रम भएको बताए ।

महासंघका उपाध्यक्ष एवं बाग्मती प्रदेश प्रमुख प्रविण घिमिरेले धारणा, स्वभाव र अनुशासन नै धर्म भएको तर्क गरे । हंसदा योग आश्रमका ऋषि पञ्चशीलले बडादशैं लगायतका पर्वमा शक्तिको आरधना गर्ने भन्दै मानिसहरुमा साधना नपुगेको कारण चरित्र सुधार हुन नसकेको तर्क गरे ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले हिन्दुराष्ट्र बनाउने कुरा कुनै दल विशेषको राजनीतिक अजेण्डा बन्न नहुने बताए । बनेपा नगर प्रमुख शान्तीरत्न शाक्यले सबै धर्म समान भए मानिसमा किन भेदभाव भयो भन्दै प्रश्न गरे । जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले हिन्दु, बौद्ध लगायत सबै धर्म ओमकार परिवार रहेको बताए । साहित्यकार हरिमञ्जुश्रीले सनातन बैदिक हिन्दु धर्मावलम्वीको संकेत नभेटिएको विश्वको कुनै देश नभएको तर्क गरे ।

कार्यक्रममा विश्व हिन्दु महासंघ काभ्रेका अध्यक्ष प्रविण धिताल, सचिव गणेश अधिकारी र विभिन्न धार्मिक अगुवाहरुले हिन्दु हुनको लागि कर्मका साथै आहार र आचरण सुधार हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस