रेयुकाई आँखा अस्पतालमा नयाँ ओपीडि कक्ष विस्तार

नौलो समाचार संवाददाता
२०८० मंसिर २२, शुक्रबार मा प्रकाशित २३६ पटक पढिएको
रेयुकाई  आँखा अस्पतालमा नयाँ ओपीडि कक्ष विस्तार

बनेपा\ बुडोलस्थित रेयुकाइ एइको मासुनागा आँखा अस्पतालमा नवनिर्मित ओपीडि (बहिरंग) कक्ष संचालनमा आएको छ ।

सेवाग्राही चाप र मागको आधारमा अस्पतालले नयाँ कक्षबाट सेवा सुरु गरेको अस्पतालका महासचिव हिरामणि शर्माले जानकारी दिए ।

अस्पतालका मेडिकल निर्देशक डा. रुची श्रेष्ठका अनुसार, ५ जना नेत्ररोग विशेषज्ञसहितको स्वाथ्य जनशक्तिले दैनिक ४ सय जनासम्मलाई आँखा सम्बन्धी विभिन्न सेवा दिरहेको छ ।

उनका अनुसार, २०६३ फागुनयता अस्पतालले १० लाख भन्दा बढीलाई सेवा दिइसकेको छ ।

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्ष उद्धघाटन गरे ।

रेयुकाइ एइको मासुनागा आँखा अस्पताललेले बनेपाका अलावा ढल्केवर शाखा, भकुण्डेबेशी, खाडीचौर र जनकपुर आँखा उपचार केन्द्रमार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस