आगलागीबाट क्षति भएको वस्तीमा खाद्यान लिएर पुगे कांग्रेस सभापति तीर्थ लामा

जिल्ला विपद व्यवस्थापन समिति र गाउँपालिकाले पनि राहत उपलव्ध गरायो
नौलो समाचार संवाददाता
२०८१ बैशाख १९, बुधबार मा प्रकाशित ५७० पटक पढिएको
आगलागीबाट क्षति भएको वस्तीमा खाद्यान लिएर पुगे कांग्रेस सभापति तीर्थ लामा

रोशी /  आगलागीबाट क्षति भएको रोशी गाउँपालिका वडा नं ४ स्थित सानोकोटा वस्तीमा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा खाद्यान लिएर पुगेका छन् ।

सो क्षेत्रका प्रदेश सभा सदस्य समेत रहेका कांग्रेस सभापति लामा आगलागीबाट प्रभावित सो स्थानका १५ घरधुरीका लागि नीजि खर्चमा व्यवस्थापन गरेको २/२ बोरा चामल, नुन, तेल लगायतका खाद्यान सामाग्रीसहित पुगेका हुन् ।

बाग्मती प्रदेशका पूर्वमन्त्री समेत रहेका लामाले स्थानीयको दुखलाई आफ्नै दुख सम्झेर आएको बताए । उनले अन्य सहयोगको लागि पहल गर्ने बताए ।

यता, रोशी गाउँपालिकाले पनि आगलागी प्रभावितलाई तत्काल राहत सामाग्री उपलव्ध गराएको छ । तत्कालको लागि चामल, दाल, नुन, तेल, त्रिपाल, म्याट्रेस लगायतका सामाग्री उपलव्ध गराएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

जिल्ला विपद व्यवस्थापन समितिले पनि राहत सामाग्री वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको व्यवस्थापनमा भाडाँकुडा, त्रिपाल, मण्डी लगायतका सामाग्री वितरण गरिएको हो ।

वनमा लागेको डढेलो बस्तीमा सानोपोटा गाउँमा १४ जना स्थानीयका १५ घर जलेका थिए ।

२ करोड भन्दा बढीको क्षति भएको प्रहरी अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस