आगलागी पीडितलाई लायन्स क्लव र उत्पीडित जागरणले गर्यो सहयोग

नौलो समाचार संवाददाता
२०८१ बैशाख ३०, आईतबार मा प्रकाशित २३१ पटक पढिएको
आगलागी पीडितलाई लायन्स क्लव र उत्पीडित जागरणले गर्यो सहयोग

रोशी /  लायन्स क्लव अफ काठमाडौं फेलोसिप डिस्ट्रिक ३२५ एफ र उत्पीडित जागरण अभियान समाज काठमाडौंले रोशी गाउँपालिका वडा नं ४ महादेवटार, सानोपोटाका आगलागी पीडितलाई राहत सामाग्री उपलव्ध गराएको छ ।

रोशी उद्योग वाणिज्य संघको संयोजनमा ती संस्थाले सो स्थानका आगलागी पीडितलाई खाद्यान्न ,भाँडाकुँडा, ओढ्ने–ओछ्याउने लगायत अत्यावश्यक सामाग्री वितरण गरेको हो ।

क्लवका संस्थापक अध्यक्ष कृष्णज्योतीसहित क्लव र अभियान समाजका पदाधिकारीहरु समेतले राहत वितरण गरेको रोशी उद्योग वाणिज्य संघका अध्यक्ष मनिष बलले जानकारी दिए ।

डढेलो बस्तीमा छिर्दा सो स्थानमा १५ घर जलेका थिए ।

पीडितलाई पूर्वमन्त्री रहेका प्रदेश सभा सदस्य तीर्थ लामा, जिल्ला विपद व्यवस्थापन समिति, रोशी गाउँपालिका, रोशी उद्योण वाणिज्य संघ लगायत विभिन्न व्यक्ति र सामाजिक संघसंस्थाले राहत उपलव्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस