बनेपामा ‘रैथाने खाना महोत्सव’ शुरु

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ १०, बिहिबार मा प्रकाशित ४१५ पटक पढिएको
बनेपामा ‘रैथाने खाना महोत्सव’ शुरु

बनेपा /  चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ‘रैथाने खाना महोत्सव’ शुरु भएको छ ।

काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा शुरु भएको महोत्सव जेठ १०, ११ र १२ गतेसम्म सञ्चालन हुनेछ ।

बनेपा नगर प्रमुख शान्तीरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहालले विभिन्न परिकार बनाएर एकसाथ महोत्सव उद्धघाटन गरे ।

रैथाने खानाको परिचय तथा प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक एवं काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष श्यामकुमार भालु (मुनाल) ले बताए ।

चण्डेश्वरी जात्राको भोजमा तयार गरिने समयवजी महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको छ ।

होटेल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका कोषाध्यक्ष कृष्ण श्रेष्ठले जात्रा अबलोकन गर्न आउने इष्टमित्र, पाहुनालाई लक्षित गरेर महोत्सव गरिएको बताए ।

क्याटरिङ संघका अध्यक्ष शिवप्रसाद तिमल्सिनाले दुवै संघको सहकार्यमा यसअघि विभिन्न समयमा फुड फेस्टिबलहरु आयोजना गरिएको बताए ।

जिल्लाभर पाइने विभिन्न रैथाने परिकार पस्कने जमर्काे गरिएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस