फोनिज काभ्रेले चलायो मोबाइल जर्नालिजम (मोजो) तालिम

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ १७, बिहिबार मा प्रकाशित २०६ पटक पढिएको
फोनिज काभ्रेले चलायो मोबाइल जर्नालिजम (मोजो) तालिम

धुलिखेल / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेले मोबाइल जर्नालिजम (मोजो) तालिम सञ्चालन गरेको छ ।

रोशी गाउँपालिकाको सहयोगमा जेठ १४ बाट शुरु भएको तालिम बिहिबार समापन गरिएको हो ।

तालिममा सहभागी २० जनालाई मोइबाइलको माध्यमबाट पत्रकारिताका विभिन्न स्वरुपमा कसरी काम गरिन्छ भन्ने प्रशिक्षण गरिएको हो ।

समापन कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले पत्रकारितामा नयाँ प्रविधीको विकासले अझै विश्वसनीय बनाउने बताए ।

फोनिज जिल्ला अध्यक्ष इन्द्रबहादुर थापाको सभापतित्वमा भएको समापन कार्यक्रममा रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइवा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष गजुरधन राई, वागमति प्रदेश इन्चार्ज पेमा लामा, प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री तिमल्सिना, निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना लगायतले पत्रकारितालाई प्रभावकारी र विश्वसनीय बनाउन प्रविधीको प्रयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस