सोतोकान कराँतेकोे अन्तराष्ट्रिय प्रतियोगिता धुलिखेलमा हुने

नौलो समाचार संवाददाता
२०८१ अषाढ ३, सोमबार मा प्रकाशित २०५ पटक पढिएको
सोतोकान कराँतेकोे अन्तराष्ट्रिय प्रतियोगिता धुलिखेलमा हुने

बनेपा / छैठौं संस्करणको इन्डो नेपाल फ्रेन्डसीप सोतोकान कराँते च्याम्पियनसीप धुलिखेलमा हुने भएको छ ।

नेपाल सोतोकान कराँते संघको आयोजनामा असार ७ र ८ गते काठमाडौ विश्वविद्यालय धुलिखेलको कर्बड हलमा हुने प्रतियोगितामा नेपालका ३ सय ५० र भारतका २ सय गरी ५ सय ५० जनाले विभिन्न तौलसमूहमा प्रतिस्पर्धा गर्ने प्रमुख प्रशिक्षक समेत रहेका संघका अध्यक्ष हेमकुमार श्रेष्ठले जानकारी दिए ।

भारतको २५ वटा प्रान्तबाट छनौट गरिएका २ सय जना र नेपालका ४९ जिल्लाका सहभागी हुनेछन् ।

५ देखि ४० बर्षसम्मका १५ केजीदेखि ६८ केजी भन्दा माथिको ५० भन्दा बढी तौल समूहमा प्रतिस्पर्धा हुने कार्यक्रम उपसंयोजक बुद्धिमान स्याङतानले जानकारी दिए ।

सार्क, एशियाली र ओलम्पिक जस्ता ठुला खेलहरुलाई टेवा पुर्याउने, दुई देश बीचका खेलाडीहरु मार्फत राष्ट्रहरुको भाईचारा सम्वन्ध स्थापित गराउने र जिल्लाको खेल पर्यटन क्षेत्रको विकासका लागि प्रचारात्मक सहयोग पुर्याउने  उदेश्य समेत रहेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगिता सम्पन्न गर्न फडिन्द्रप्रसाद जंगम संयोजक, बुद्धिमान स्याङतान उपसंयोजक, दिना श्रेष्ठ सदस्य सचिव र विद्यान जोशी, प्रमोद अधिकारी, धनेन्द्रकुमार श्रेष्ठ, जय केसी, संजय लामा, सुनिता शाही संलग्न रहेको मुल समारोह समिति गठन भएको छ ।

२५ लाख लागत अनुमान गरिएको प्रतियोगितामा संघकै पदाधिकारी, मूल समारोह समिति र केही संस्थाबाट सहयोग उठाएर सञ्चालन गर्ने तयारी आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस