नमोबुद्ध नगरपालिकाको अनुमानित बजेट ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँ

नौलो समाचार संवाददाता
२०८१ अषाढ १०, सोमबार मा प्रकाशित २०४ पटक पढिएको
नमोबुद्ध नगरपालिकाको अनुमानित बजेट ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँ

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको पाचौं अधिवेशनको दोस्रो बैठकमा आर्थिक बर्ष २०८१/८२ को लागि बार्षिक बजेट, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।

नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा भएको बैठकमा नगर उपप्रमुख रत्नबहादुर लामाले आगामी आर्थिक बर्ष २०८१/८२ को लागि ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँको अनुमानित आय र व्ययको अनुमान प्रस्तुत गरे । चालुतर्फ १७ करोड २ लाख २१ हजार ८ सय १४ र पुँजीगततर्फ ६० करोड ८ लाख २४ हजार ६ सय २९ रुपैयाँँको बजेट प्रस्ताव गरेको छ ।

बैठकमा सार्वजनिक लेखा समितिका संयोजक एवं वडा नं ११ का वडाअध्यक्ष कृष्णबहादुर तामाङले आर्थिक बर्ष २०८०÷८१ को आर्थिक विधेयक, विधायन समितिका संयोजक एवं नगर प्रवक्ता टिकाबहादुर केसीले विनियोजन विधेयक प्रस्तुत गरेका थिए ।

न्यायिक समितिका संयोजक समेत रहेका उपप्रमुख रत्नबहादुर लामाले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले चालु आर्थिक बर्ष २०८०/८१ को वित्तिय प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार, चालु आर्थिक बर्षको हालसम्मको अवधीमा ६१ प्रतिशत वित्तिय प्रगति भएको छ । ७५ करोड ०१ लाख ८१ हजार ८ सय ७३ रुपैयाँ विनियोजन भएकोमा ४३ करोड ४७ लाख ९२ हजार ७ सय ९४ रुपैयाँ खर्च भएको छ ।

 

प्रतिक्रिया दिनुहोस