बनेपामा १ अर्ब २५ करोड ३६ लाख ३० हजार १७१ रुपैयाँको बजेट प्रस्ताव

नीति तथा कार्यक्रम सार्वजनिक
नौलो समाचार संवाददाता
२०८१ अषाढ १०, सोमबार मा प्रकाशित १२१ पटक पढिएको
बनेपामा १ अर्ब २५ करोड ३६ लाख ३० हजार १७१ रुपैयाँको बजेट प्रस्ताव

बनेपा / बनेपा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि १ अर्ब २५ करोड ३६ लाख ३० हजार १७१ रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

नगरसभाको चौधौं अधिवेशनमा नगर उपप्रमुख विमला सापकोटा दाहालले आय तथा व्ययको अनुमान (बजेट) प्रस्ताव गरेकी थिइन् ।

नगरपालिकाले आर्थिक बर्ष २०८१/ ८२ मा लिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगर प्रमुख शान्तीरत्न शाक्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरपालिकाको आफनै स्वामित्वमा नगर स्तरीय तरकारी तथा फलफुल नर्सरी स्थापनाका लागि बजेटको व्यवस्था गरिने उल्लेख छ । शहर केन्द्रित कृषि खेती (कौशी खेती) कार्यक्रमलाइ थप परिमार्जन गर्दै अभियानका रूपमा अगाडी बढाइने नीति नगरपालिकाले प्रस्ताव गरेको छ ।

काभ्रे जिल्ला भित्रका अन्य स्थानीय तहहरुसँग तथा अन्य सरोकार पक्षहरुसँग समेत समन्वय गरी ‘क्लिन फर क्यास’को अवधारणा नगर प्रमुख शाक्यले अघि सारेका छन् ।

काभ्रे उपत्यका खानेपानी बोर्ड अन्तरगतको आयोजनालाई सम्पन्न गर्न संघीय सरकारसंग सार्थक पहल गरिने, अरनिको राजमार्गमा पर्ने तीनदोबाटो र चारदोबाटो लगायत अन्य व्यस्त क्षेत्रहरुमा आकाशेपुल निर्माण गर्न सम्भाव्यता अध्ययनका साथै निर्माणका लागि सम्बन्धित निकायमा पहल गरिने लगायतका नीति प्रस्ताव गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस