दक्षिण कोरियामा रहेका काभ्रेलीले गरे सहयोग

नौलो समाचार संवाददाता
२०८१ अषाढ ११, मंगलबार मा प्रकाशित १३२ पटक पढिएको
दक्षिण कोरियामा रहेका काभ्रेलीले गरे सहयोग

बनेपा / दक्षिण कोरियामा रहेका काभ्रेलीले जिल्लामा ९ विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेका छन् । काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले जिल्लाका ३ स्थान तहका ९ सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको हो ।

महाभारत गाउँपालिका वडा नं ३ को जनउन्नति प्रावि, महाभारत वडा नं २ को भगवती प्राथमिक विद्यालय, महाभारत वडा नं १ को जन सन्देश प्राथमिक विद्यालय, खानिखोला वडा नं ६ को ज्ञानकुन्ज आधारभुत विद्यालय, खानिखोला वडा नं ७ को रक्त आधारभुत विद्यालय, खानिखोला वडा नं १ को श्री धार्तेज्योती मावि, रोशी वडा नं ९ को छत्रेपिपल प्रावि, रोशी वडा नं ७ को ईन्द्रावती प्रावि र रोशी वडा नं ११ को भिमेश्वर माविमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

९ विद्यालयका १ सय ३५ जना भन्दा बढी जेहेन्दार तथा गरिब विद्यार्थीहरुलाई संस्थाको आफ्नै लोगो अङकित झोला, जोमेट्री बक्स, पेन्सिल, इरेजर ,कपिका साथै क्याल्कुलेटर वितरण गरेको हो ।

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षसहित कार्यसमिति, सल्लाहकारका साथै नेपालमा व्यवस्थापन कार्यमा संस्थाका पूर्व वरिष्ठ उपाध्यक्ष मनोज मगर, सल्लाहकार हरिकृष्ण श्रेष्ठ, सस्थापक अध्यक्ष तथा सल्लाहकार यम श्रेष्ठ, वरिस्ठ सल्लाहकार सानु लामा, संस्थाका उपाध्यक्ष देबि माया चौलागाई, उपाध्यक्ष अजय लामा,केशबमान लामा,डि. यन गौतम , प्रियतन श्रेष्ठ, धिरज लामा, नरेश योन्जन, रोजिना घ्लान, दिवाकर चौलागाई, सल्लाहकार रामकृष्ण आचार्य खटिएका थिए ।

सन् २०११ मा स्थापना भएको संस्थाले गत बर्ष काभ्रेका १३ वटै स्थानिय तहका ३५ वटा विद्यालयका ६ सय भन्दा बढी बिधार्थीलाई सहयोग गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस