धान दिवसमा तरुण दलको विभिन्न कार्यक्रम

नौलो समाचार संवाददाता
२०८१ अषाढ १५, शनिबार मा प्रकाशित १४५ पटक पढिएको
धान दिवसमा तरुण दलको विभिन्न कार्यक्रम

बनेपा / नेपाल तरुण दल काभ्रे प्रतिनिधी सभा क्षेत्र नं २ ले राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

दिवसको अवसर पारेर दही चिउरा खाने कार्यक्रम साथै क्षेत्रीय कार्यसमिति विस्तार गरिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका पूर्व मन्त्री एन.पी. साउदले कृषिमा आधुनिकीकरण गर्न सकेमा मात्र नेपाल खाद्यान्नमा आत्मनिर्भर हुनसक्ने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य गोविन्दबहादुर शाह, नेपाली कांग्रेस बाग्मती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, उपसभापति ठाकुरप्रसाद न्यौपाने, रमेश हुमागाइँ, नेता अच्युत पौडेल, जिल्ला सचिव माधव ढकाल, कोषाध्यक्ष जगन्नाथ गिरी, क्षेत्र नं १ (ख) का सभापति चन्द्रबहादुर लामा, १ (क) का सभापति राम योञ्जन, नेपाली कांग्रेस भुम्लुका सभापति समेत रहेका गाउँपालिका उपाध्यक्ष एवं तरुण दल काभ्रेका पूर्वअध्यक्ष जितेन्द्रमान तामाङ (दावा लामा), नेपाल तरुण दलका केन्द्रीय सदस्य सुधिर बैद्य, तरुण दल काभ्रेका सभापति सुजन लामा,नेविसंघका अञ्जनराज खतिवडा, तरुण दल काभ्रे क्षेत्र नं १ (क) का सभापति रामध्वज लामा लगायतले पार्टीमा एकताका साथै युवाहरुलाई अवसर हुनुपर्ने बताए ।

कार्यक्रममा कलाकार स्मृति गौतमले आफ्नो सांगितिक प्रस्तुत गरेकी थिइन् ।

तरुण दल क्षेत्र नं २ का सभापति राजु लामाको नेतृत्वमा रहेका कार्यसमिति विस्तार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस