पत्रकार बजगाई दम्पतीले ‘सेवा घर’ मा मनाए जन्मदिन

नौलो समाचार संवाददाता
२०८१ अषाढ १८, मंगलबार मा प्रकाशित १४३ पटक पढिएको
पत्रकार बजगाई दम्पतीले ‘सेवा घर’ मा मनाए जन्मदिन

शंखुपाटीचौर /  पत्रकार नवराज बजगाईका दम्पतीले धुलिखेल–१२, शंखुपाटीचौरमा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’ मा जन्मदिन मनाएका छन् ।

त्यहाँ आश्रित ७५ जेष्ठ नागरिक र असहायलाई खाना, खाद्यान तथा लत्ता कपडा समेत हस्तान्तरण गरेर जन्मदिन मनाएका हुन् ।

असार १८ गते आफ्नो र असार २२ गते श्रीमती तारा भट्टराईको जन्मदिनको अवसरमा सेवा घरका अभियन्ता दिपिका मानवलाई सरसफाईका सामग्री, चामल, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, बेसार, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, मञ्जन, ब्रस, फिनेल, सरफ, फलफूल, बिस्कुटसहित खाद्यान र लत्ता कपडा हस्तान्तरण गरेको पत्रकार बजगाईले बताए ।

विगतका बर्षमा पनि सेवा घर र जिल्लाका कुनै आश्रममा सहयोग गर्ने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस