पनौतीबाट हराइरहेका बालक रोशी खोलामा मृत फेला

नौलो समाचार संवाददाता
२०८१ अषाढ १८, मंगलबार मा प्रकाशित १४८ पटक पढिएको
Post Thumbnail

पनौती / आइतबार साझँदेखि पनौतीबाट हराइरहेका ४ बर्षीय विपिन गुरुङ रोशी गाउँपालिका वडा नं ७, कटुञ्जेवेशीस्थित रोशी खोला किनारमा मृत फेला परेका छन् ।

धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ४ घर भइ हाल पनौती नगरपालिका नम्बर  ७ महालक्ष्मी टोलमा डेरा गरी बस्दै आएका बुद्ध गुरुङको ४ वर्षीय छोरा बिपिनको शव खोला किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

विपिनसंगै हराएका ४ वर्षीय निश्चल सिङ्ताङ्ग भने अझै बेपत्ता छन्  ।

खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस