आगलागी हुँदा भकुण्डेवेशीमा रंग पसल पूर्ण क्षति

नौलो समाचार संवाददाता
२०८१ अषाढ १९, बुधबार मा प्रकाशित २७३ पटक पढिएको
आगलागी हुँदा भकुण्डेवेशीमा रंग पसल पूर्ण क्षति

भकुण्डेवेशी /  नमोबुद्ध नगरपालिका वडा नं ७, भकुण्डेवेशीमा रहेको रंग तथा हाडवयेर पसलमा आगलागी हुँदा सामान पूर्ण क्षति भएको छ ।

मंगलबार राती अन्दाजी साढे ११ बजे स्थानीय गोविन्द अधिकारीको घरमा नमोबुद्ध नगरपालिका वडा नं २ का महेश आचार्यले सञ्चालन गरेको सुप्रिमा पेन्ट्स एण्ड हाडवेयरमा आगलागी हुँदा हाडवेयर र रंगको सामान पूर्ण रुपमा जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

एशियन पेन्ट्सको आधिकारिक डिलर भएर रंग तथा हाडवयेरका सामानको कारोबार गर्दै आएको पसलको २ वटा सटर र २ वटा कोठामा रहेका रंग घोल्ने र झार्ने मेसिनसहित रंग, पाइप, फिटिङस, किलाकाँटा लगायत हाडवयेरका सामान नष्ट भएको पसलका सञ्चालक महेश आचार्यले जानकारी दिए ।

नेपाली सेना, प्रहरी, नमोबुद्ध नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा करिब १ घण्टा १५ मिनेटपछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

क्षतिको पूर्ण विवरण आइ नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस