पूर्ण स्तनपान प्रवर्धन गर्न रोशीमा अभिमुखिकरण

नौलो समाचार संवाददाता
२०८१ अषाढ २०, बिहिबार मा प्रकाशित ८४ पटक पढिएको
पूर्ण स्तनपान प्रवर्धन गर्न रोशीमा अभिमुखिकरण

मंगलटार । पूर्ण स्तनपान प्रवर्धन गर्न रोशी गाउँपालिका वडा नं ९ मंगलटारमा अभिमुखिकरण गरिएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले यहाँका आमा समूह, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयमसेविकालाई पूर्ण स्तनपान प्रवर्धन गर्न आयुर्वेद सम्वन्धी अभिमुखिकरण गरेको हो ।

पतञ्जली आयुर्वेद अस्पतालको स्त्री तथा प्रसुती विभागमा कार्यरत डा. खुश्वु झा लगायतले प्रशिक्षण दिएका थिए ।

उद्धघाटन समारोहमा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विभिन्न कारणले बालबालिकालाई आमाले स्तनपान नगराउने प्रवृती बढेको भन्दै यसको महत्वबारे बुझाउन जरुरी भएको बताए ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं १२ का अध्यक्ष वसन्तकुमार लामाले रोशी गाउँपालिकाका विभिन्न भूगोलमा पाइने जडिबुटी प्रवर्धन गर्नुपर्ने बताए ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेका वरिष्ठ वैद्य रुमा कुमारी झाले स्तनपानको महत्व बुझाउनकै लागि यहाँका आमा समूह, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयमसेविकालाई अभिमुखिकरण गरिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस