बेलर इन्टरनेशनल एकेडेमीमा सुनिए मङ्की टेम्पलका सरिन देउजा र बनेपाको इन्सेंस व्याण्ड

नौलो समाचार संवाददाता
२०८१ अषाढ २१, शुक्रबार मा प्रकाशित १५६ पटक पढिएको
बेलर इन्टरनेशनल एकेडेमीमा सुनिए मङ्की टेम्पलका सरिन देउजा र बनेपाको इन्सेंस व्याण्ड

बनेपा / प्राय शैक्षिक र अन्य अतिरिक्त कृयाकलाप हुने बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमीमा शुक्रबार कन्सर्टको माहोल थियो ।

विद्यालयले आयोजना गरेको प्लस टु फेष्टमाबोलाइएका मङ्की टेम्पल व्याण्डका संस्थापक, गायक सरिन देउजा र बनेपाको इन्सेंस व्याण्डको प्रस्तुतिमा विद्यार्थी, शिक्षक र उपस्थित सबैले मज्जा लिए ।

सरिनले आफ्नो २ वटा गित गाइसकेपछि बिट मार्न खोज्दा ‘वान्स मोर, वान्स मोर’ पाएपछी उनले आफ्नो चर्चित गित ‘समय बितेको थाहै भएन’ गाए । उनले ३ वटै गित गाउन्जेल हुटिङ पाइरहे ।

इन्सेंस व्याण्डका आशिष पोटे, सुनिल रानामगर, सुसन श्रेष्ठ, सुमित प्रजापति, अभिषेक श्रेष्ठको प्रस्तुतिमा उपस्थित सबैले मज्जा लिए । विद्यार्थीहरुले पनि प्रस्तुति राखेका थिए ।

बंगलादेशको ढाकामा सम्पन्न चौथो वंगबन्धु कप अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी भई नेपाललाई रजत पदक दिलाएका कक्षा १२ मा अध्ययनरत रोहन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

विद्यालयका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने टिम र विद्यार्थीलाई कार्यक्रममा पुरष्कृत गरियो ।

विद्यालय संचालक समितिका अध्यक्ष भोला थापाले जुनसुकै क्षेत्रमा प्रसिद्धी र सफलता पाउन प्रेरणा दिनको लागि यस खाले कार्यक्रम आयोजना गरिएको बताए । शिक्षाका अलावा अतिरिक्त कृयाकलाप मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय लागि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस