क्लासिक टेकको रिचार्जमा बर्षाद अफर, ५ रुपैयाँमा वाइफाइ राउटरसंगै ५ महिना बोनस

नौलो समाचार संवाददाता
२०८१ अषाढ २१, शुक्रबार मा प्रकाशित ९९ पटक पढिएको
क्लासिक टेकको रिचार्जमा बर्षाद अफर, ५ रुपैयाँमा वाइफाइ राउटरसंगै ५ महिना बोनस

बनेपा /  नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘रिचार्जमा बर्षाद’ योजना सार्वजनिक गरेको छ ।

योजना अनुसार, अब ग्राहक वर्गहरुले इन्टरनेट टि. भी को बार्षिक रिचार्ज गर्दा ५ महिनासम्म बोनस, ५० प्रतिशतसम्म छुट र वाइफाइ ६ भएको डुयल व्याण्डको ५ गिगाहर्ज राउटर ५ रुपैयाँ मात्रैमा नै पाउने छन् । उक्त अफर असार २० गते सम्म मात्रै मान्य हुने कम्पनीले जनाएको छ ।

ग्राहकले क्लासिक टेक मोबाइल एप्स अथवा नजिकैको शाखामा गएर अफरको सुविधा लिन सकिने कम्पनीले बताएको छ ।

वालेट पार्टनर सेलपे मार्फत रिचार्ज गर्दा १ जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सी सी को बुलेट बाइक जित्न सक्नेछन् । साथै हरेक महिना आइप्याड, र एपल वाच समेत जित्न सक्नेछन् ।

नयाँ ग्राहकका लागि २०० एमबिपीयस हाइ स्पीड इन्टरनेट जडान ६ सय १९ मा आइ.पी टि. भी र वाइफाइ भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर समावेश रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस