वी.पी राजमार्गमा काभ्रेतर्फ विभिन्न स्थानमा सडक अवरुद्ध, खुलाउने प्रयास जारी

नौलो समाचार संवाददाता
२०८१ अषाढ २२, शनिबार मा प्रकाशित ९५ पटक पढिएको
वी.पी राजमार्गमा काभ्रेतर्फ विभिन्न स्थानमा सडक अवरुद्ध, खुलाउने प्रयास जारी
तस्वीरहरु सौजन्य : नेपाल प्रहरी

भकुण्डेवेशी / वी.पी राजमार्ग अन्तर्गत काभ्रेतर्फ रोशी गाउँपालिकाको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।

रोशी गाउँपालिकाको वडा नम्बर ८ नार्के, चारसय बेसी, वडा नम्बर ९ मंगलटारको मंगल जनविजय माध्यामिक विद्यालय अगाडि, वडा नम्बर ११ कालढुङगा र वडा नम्बर १२ माम्तीमा खहरेखोलाबाट लेदो आएर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

रोशी गाउँपालिका वडा नं ७ र नमोबुद्ध नगरपालिका वडा नं ५ को सिमाना लासकोट स्थित वी.पी. राजमार्गमा खहरेखोलाबाट लेदो आइ सडक अवरोध भएकोमा स्थानीय सरकारको समन्वयमा डोजर र स्काभेटरले अवरोध हटाई सडक एकतर्फी खुल्ला गरिएको प्रहरीले जनाएको छ ।

यता, पाँचखाल नगरपालिका वडा नं ८, बाउन्न किलोस्थित अरनिको राजमार्गमा खहरेखोलाबाट लेदो आई सडक अवरोध भएकोमा प्रहरी टोलीले खटि गई स्थानीय सरकारको समन्वयमा डोजर र स्काभेटरमार्फत अवरोध हटाइ बाटो एकतर्फी खुल्ला गरिएको प्रहरीले जनाएको छ ।

अविरल बर्षापछिको बाढी र पहिरोको कारण वी.पी राजमार्ग, अरनिको राजमार्ग र अन्य ग्रामिण सडकहरु अवरोध भएकोले सावधानी अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस