खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०८१ अषाढ २२, शनिबार मा प्रकाशित २३७ पटक पढिएको
Post Thumbnail

रोशी /  रोशी गाउँपालिका वडा नं ११ स्थित भ्याकुरे खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु भएको छ ।

शनिवार साझँ ७ बजे उक्त खहरे खोला तर्ने क्रममा सोही स्थानका ६५ बर्षीय जालमाया रुचाल मगर र उनकी भदिनी अन्दाजी ५ बर्षीय सेतीमाया रुचाल मगरलाई करिब ९ सय मिटर तल बगाएको

अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

सेतिमाया बिरामी भएपछि कालढुङ्गामा उपचार गराएर घर फर्कने क्रममा खोलाले बगाएको बताइएको छ । साथमा रहेकी सेतीमायाकी आमा भने जोगिएकी छन्  ।

इलाका प्रहरी कार्यालय मंगलटारका इञ्चार्ज प्रहरी निरिक्षक कृष्ण गिरीको नेतृत्वमा प्रहरी घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस