डा. ढकालको उपन्यास ‘बगुवा पानी’ लोकार्पण

नौलो समाचार संवाददाता
२०८१ अषाढ २२, शनिबार मा प्रकाशित २०७ पटक पढिएको
डा. ढकालको उपन्यास ‘बगुवा पानी’ लोकार्पण

काठमाडौं / सडक दुर्घटनाको बिषयलाई लिएर डा. विनोद ढकालले लेखेको सामाजिक उपन्यास ‘बगुवा पानी’को शनिवार काठमाण्डौमा लोकार्पण गरिएको छ ।

पेशाले प्याथोलोजिष्ट डा. ढकाल काठमाडौं विश्वविद्यालयमा उपप्राध्यापकको रुपमा कार्यरत छन् ।

वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठले विमोचन गर्दै समाजमा रहेका विसङ्गतिलाई सरल भाषामा मिठासपूर्ण शैलीले उजागर गर्ने काम उपन्यासले गरेको बताइन् ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डिन प्राध्यापक डा. मनोज हुमागाईँ र प्राध्यापक डा अजय रिसालले उपन्यासले नेपाली समाजको यथार्थलाई जीवन्त रुपमा चित्रण गरेको बताए ।

पत्रकार एवं लेखक रामकुमार बानियाँले पुस्तकबारे समिक्षा गर्दै सामाजिक वास्तविकताको वरिपरि रहेर लेखिएकाले उपन्यास बगुवा पानीले सामाजिक वास्तविकतालाई उजागर गरेको बताए ।

डा. ढकालले यसअघि लेखेको प्याथोलोजी (रोग विज्ञान) सम्बन्धी पुस्तक सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस