अरनिको राजमार्गमा पहिरोका कारण अवरुद्ध ५० किलो खण्ड एकतर्फी सञ्चालनमा आयो

नौलो समाचार संवाददाता
२०८१ अषाढ २५, मंगलबार मा प्रकाशित ९९ पटक पढिएको
अरनिको राजमार्गमा पहिरोका कारण अवरुद्ध ५० किलो खण्ड एकतर्फी सञ्चालनमा आयो
फाइल तस्वीर

पाँचखाल/ पाँचखाल नगरपालिका वडा नम्बर ८ स्थित ५० किलोमा पहिरोको कारण अवरुद्ध अरनिको राजमार्गको सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

सोमबार राती साढे ९ बजेतिर खसेको पहिरोका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध थियो ।

प्रहरी, स्थानीयको सहयोगमा पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस