नमोवुद्धमा दीर्घरोगीलाई मासिक ५ हजार उपचार खर्च

नौलो समाचार संवाददाता
२०८१ अषाढ २५, मंगलबार मा प्रकाशित १७३ पटक पढिएको
नमोवुद्धमा दीर्घरोगीलाई मासिक ५ हजार उपचार खर्च

भकुण्डेवेशी / नमोवुद्ध नगरपालिकाले विभिन्न प्रकृतिका ७७ जना दीर्घरोगीलाई औषधि उपचारको लागि मासिक ५ हजार उपलव्ध गराएको छ ।

नमोबुद्ध नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल के.सीका अनुसार, २०८१ असारसम्म पहिचान भएका क्यान्सररोगी ६० जना, मृर्गाैलाको डायलसिस गराइरहेका ७ जना, मृर्गौला प्रत्यारोपण गरेका र मेरुदण्ड पक्षघात भएका ५/५ जनालाई मासिक ५ हजारका दरले ६ महिनाको २२ लाख पन्ध्रहजार भुक्तानी दिइएको हो ।

संघीय सरकारले मृगौला प्रत्यारोपण गरेका, डायलसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका दीर्घरोगीलाई मासिक ५ हजार औषधि उपचार खर्च दिने घोषणा गरेको थियो ।

नगरपालिकामार्फत भुक्तानी गरेपछि स्वास्थ्य मन्त्रालयमार्फत संघीय सरकारले श्रोत भर्ना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस