दाप्चाली बचतको सेवा केन्द्र बनेपामा

नौलो समाचार संवाददाता
२०८१ अषाढ २८, शुक्रबार मा प्रकाशित २७२ पटक पढिएको
दाप्चाली बचतको सेवा केन्द्र बनेपामा

बनेपा /  नमोबुद्ध नगरपालिका वडा नं ८, तल्लोहटियामा केन्द्रीय कार्यालय गरेको दाप्चाली बचत तथा ऋण सहकारी संस्थाले बनेपामा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

विभिन्न पेशा, व्यवसायको क्रममा बनेपामा रहेका सदस्यलाई लक्षित गरेर सेवा केन्द्र सञ्चालनमा ल्याइएको सहकारी संस्थाका अध्यक्ष ध्रुवलाल श्रेष्ठले जानकारी दिए ।

संस्थाका कानूनी सल्लाहकार रमेशप्रसाद हुमागाईले सेवा केन्द्र उद्धघाटन गर्दै नीति, विधीमा नचल्दा सहकारी क्षेत्रमा समस्या आएको भन्दै समस्या नआउने गरी सञ्चालन गर्न अनुरोध गरे ।

कार्यक्रममा सस्थाका सञ्चालक समिति, विभिन्न उपसमिति, पूर्व सञ्चालक, कर्मचारी, शेयर सदस्यहरुको उपस्थिती थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष धु्रवलाल श्रेष्ठ, विलबहादुर श्रेष्ठ लगायतले सहकारी क्षेत्रबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस