पनौती नगरपालिकाको १ अर्व ६० करोडको बजेट पारित

नौलो समाचार संवाददाता
२०८१ अषाढ ३०, आईतबार मा प्रकाशित ९१ पटक पढिएको
पनौती नगरपालिकाको १ अर्व ६० करोडको बजेट पारित

पनौती /  पनौती नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि १ अर्व ६० करोडको प्रस्तावित बजेट पारित गरेको छ ।

नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख गिता वञ्जाराले प्रस्तुत गरेको आय र व्ययको अनुमान (बजेट) नगर सभाले पारित गरेको हो ।

नगरपालिकाले पुँजीगत खर्चतर्फ ८३ करोड २२ लाख २० हजार (५२ दशमलव ०१ प्रतिशत) र चालू खर्च ७१ करोड ८७ लाख ८० हजार (४७ दशमलव १७ प्रतिशत) र वित्तीय व्यवस्थाको लागि १ करोड ३० लाख (० दशमलव८२ प्रतिशत) विनियोजन प्रस्ताव गरेको थियो ।

नगरपालिकाले आन्तरिक आयबाट ४२ करोड ३८ लाख ६८ हजार, राजश्व बाँडफाडबाट २० करोड ७४ लाख ५५ हजार, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १४ करोड १९ लाख, सशर्त अनुदान ३२ करोड ६४ लाख, समपुरक अनुदान १ करोड, बागमति प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान २१ करोड ४५ लाख ३९ हजार, सशर्त अनुदान ३ करोड १५ लाख ९२ हजार, समपूरक अनुदान ३ करोड, विशेष अनुदान ७० लाख र जनसहभागिताबापत ५० लाख आय हुने अनुमान पेश गरेको थियो ।

अधिवेशन अन्त्यको घोषणा गर्दै नगर प्रमुख रामशरण भण्डारीले विश्व सम्पदा सूचीमा सुचिकृत गर्ने र नगरस्तरीय विभिन्न योजनालाई प्राथमिकताका आधारमा बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस