मोटरसाइकल चालक मृत फेला प्रकरण : जीपले ठक्कर दिएको सिसिटिभी फुटेजमा देखियो

नौलो समाचार संवाददाता
२०८१ श्रावण ३, बिहिबार मा प्रकाशित १४५ पटक पढिएको
मोटरसाइकल चालक मृत फेला प्रकरण : जीपले ठक्कर दिएको सिसिटिभी फुटेजमा देखियो

पनौती / पनौती ५ स्थित पुण्यमाता खोलमा मृत फेला परेका मोटरसाइकल चालकलाई जीपले ठक्कर दिएको सिसिटिभी फुटेजमा देखिएको छ ।

असार ३१ गते विहान साढे ७ बजेतिर नमोबुद्ध नगरपालिका वडा नम्बर १ घर भएका २४ बर्षीय दिपेन्द्र खड्का मृत फेला परेका थिए । उनी सवार प्र ३–०२–००७ प ५४११ नम्बरको मोटरसाइकल सडकबाट करिब ५/६ मिटर तल खोलामा भेटिएको थियो ।

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको मोटरसाइकललाई पनौतीबाट बनेपा तर्फ आउँदै गरेको बा ७ च ८६२१ न.को जिपले ठक्कर दिएको सिसिटिभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

जिप चालक सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १ का २६ बर्षीय भेषराज चौलागाईलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

मृत्यु ‘शंकास्पद’ भन्दै प्रहरीले थप अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस