काभ्रेपलाञ्चोक जिल्ला अदालतले पेशी र तारेख व्यवस्थापनमा स्वचालित प्रणाली लागू गर्ने

नौलो समाचार संवाददाता
२०८१ श्रावण ५, शनिबार मा प्रकाशित १९८ पटक पढिएको
काभ्रेपलाञ्चोक जिल्ला अदालतले पेशी र तारेख व्यवस्थापनमा स्वचालित प्रणाली लागू गर्ने

धुलिखेल / काभ्रेपलाञ्चोक जिल्ला अदालतले पेशी र तारेख व्यवस्थापनमा स्वचालित प्रणाली लागू गर्ने भएको छ ।

जिल्ला अदालतमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला न्यायधीश विश्वनाथ भट्टराईले साउनदेखि नै शुरुवात हुने स्वचालित प्रणाली भदौदेखि पूर्ण रुपमा लागू हुने बताए ।

‘साउनदेखि स्वचालित पेशी/तारिख व्यवस्थापन प्रणाली लागू गर्छौं, भदौदेखि पूर्ण रुपमा लागू गर्छौै,’ जिल्ला न्यायधीश भट्टराईले भने, ‘मानवीय हस्तक्षेप विना हुने भएकाले यसले न्याय सम्पादनमा सहज हुने विश्वास छ ।’ यसअघि कर्मचारीले गोलाप्रथाबाट पेशी/तारेख तोक्ने गरिन्थ्यो । एपमार्फत हुने भएकोले त्यहाँ आग्रह, पूर्वाग्रहको अवस्था नहुने उनले बताए ।

सर्वाेच्च अदालत र उच्च अदालतमा स्वचालित प्रणाली लागू भइसकेका छन् ।

स्रेस्तेदार कर्णबहादुर राईका अनुसार, आर्थिक बर्ष २०८०/८१ मा जिम्मेवारी सरेर आएको १ हजार २ सय २८ र नयाँ दर्ता भएका २ हजार ६७ गरी ३ हजार २ सय ९५ मुद्दा मध्ये १ हजार ९ सय ३७ मुद्दा फर्छ्यौट भएको छ । लगत्त अनुसार ५८ दशमलव ८ प्रतिशत मुद्दा फर्छ्यौट भएको उनले जानकारी दिए ।

८ सय ४६ मध्ये फैसला मध्ये ४ सय ३७ कार्यान्वयन भएको छ ।

२०८० श्रावणदेखि २०८१ असारसम्म ३० गतेसम्म जरिवाना तर्फ डोरबाट ५७ लाख ८८ हजार ५ सय ३२ रुपैयाँ , प्रहरीमार्फत ४४ लाख २६ हजार ९ सय २२ रुपैयाँ र फैसला हुँदा उच्च तथा बाहिरी जिल्ला अदालतबाट, हसवली राजश्व समेत अन्य विभिन्न तरिकाबाट ९ लाख ६३ हजार २ सय ९८ रुपैयाँ असुल भएको छ ।

कैदतर्फ प्रहरीबाट ९८ बर्ष ५ महिना ९ दिन, फैसला हुँदा २ सय ४६ बर्ष २ महिना १२ दिन अन्यबाट ४३ बर्ष ७ महिना १६ दिन समेत गरी जम्मा ३ सय ८८ दिन ३ महिना ७ दिन कैद असूल भएको छ ।

प्रतिक्रिया दिनुहोस