त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

नौलो समाचार संवाददाता
२०८१ श्रावण ९, बुधबार मा प्रकाशित ७० पटक पढिएको
त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

काठमाडौँ —त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ ।
पोखराका लागि रनवेबाट उड्ने क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।

बुधबार करिब ११ बजे विमानस्थल नजिकै दुर्घटना भएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार , उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना छन् ।

विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस