अत्याधिक रक्तश्राव हुँदा शिर मेमोरियल अस्पतालमा सुत्केरीको मृत्यु

नौलो समाचार संवाददाता
२०८१ श्रावण १२, शनिबार मा प्रकाशित ८६ पटक पढिएको
अत्याधिक रक्तश्राव हुँदा शिर मेमोरियल अस्पतालमा सुत्केरीको मृत्यु
फाइल तस्वीर

बनेपा– बनेपास्थित  शिर मेमोरियल अस्पतालमा अत्याधिक रक्तश्राव भएर एक सुत्केरीले ज्यान गुमाएकी छिन् ।

साउन ९ गते अस्पताल भर्ना भएकी बनेपा नगरपालिका वडा नं ३ की ३२ बर्षीय इश्वरी सुन्दास ११ गते नर्मल डेलिभरी भइ छोरा जन्म दिएकी थिइन् ।

सुत्केरीपश्चात रक्तश्राव नरोकिएपछि उनको पाठेघरको अप्रेशन गरी सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेकोमा ११ गते राती ११ बजेर ५५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

अस्पालको लापार्वाहीका कारण सुत्केरीको ज्यान गएको भन्दै पीडितका आफन्तले आइसियुको ढोकामा तोडफोड प्रयास गरेका थिए ।

पीडित पक्ष र अस्पतालबीच राती नै वार्ता भएपनि सहमति हुन नसकेको र शनिवार पुनः वार्ता बस्ने तय भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस