मिनि टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

नौलो समाचार संवाददाता
२०८१ श्रावण १२, शनिबार मा प्रकाशित ७६ पटक पढिएको
मिनि टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
प्रतिकात्मक तस्वीर

धुलिखेल / धुलिखेल नगरपालिका वडा नम्बर ३ बाँसघारीमा मिनी टिपरले ठक्कर दिँदा घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।

बनेपाबाट धुलिखेल तर्फ आउँदै गरेको बा.प्र. ०१–००४ क ०१३० नम्बर को मिनी टिपरको ठक्करबाट घाईते ६५ वर्षीय लाल बहादुर तामाङको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

टाउको र खुट्टामा चोट, दाहिने कानबाट रगत जस्तो तरल पदार्थ आएका लालबहादुरको अवस्था गम्भिर रहेकोमा साउन १२ गते रातीको १२ बजेर ३० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

लाल बहादुरलाई ठक्कर दिने मिनी टिपर र चालक महाभारत गाउँपालिका वडा नम्बर ४ का ३१ बर्षीय पदम लामालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यलय धुलिखेलमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस