पाँचखाल / पाँचखाल नगरपालिका वडा नम्बर ६ स्थित काजिको सामुदायिक वनमा फेला परेको शव सोही वडाका विजय श्रेष्ठको भएको सनाखत भएको छ ।
वनमा वरको रूखको फेदमा सडेगलेको अवस्थामा फेला परेको शवबारे प्रहरीले सोधपुछ गर्दा मृतक बाबुले पहिचान गरी छोरा भनि सनाखत गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्राप्त प्रमाणका आधारमा विजयका बुबाले शवको पहिचान गरेको प्रहरीले जनाएको छ ।
विजय १८ गतेदेखि हराइरहेका थिए ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस