बर्षाको वितण्डा : बनेपामा डुवान, अरनिको र वी.पी. राजमार्ग अवरुद्ध

नौलो समाचार संवाददाता
२०८१ श्रावण २२, मंगलबार मा प्रकाशित २२१ पटक पढिएको
बर्षाको वितण्डा : बनेपामा डुवान, अरनिको र वी.पी. राजमार्ग अवरुद्ध
तस्वीर : नेपाल प्रहरी

बनेपा /  सोमबार साँझदेखिको बर्षाको कारण बनेपा बजार डुवान भएको छ भने अरनिको र वी.पी. राजमार्गको केही सडक खण्ड अवरुद्ध भएका छन् ।

बर्षाका कारण अरनिको राजमार्गको धुलिखेल–खावा सडकमा रुख ढलेर अवरुद्ध भएको छ ।

बर्षाका कारण अरनिको राजमार्गको ५० किलो खण्डमा पहिरो खस्दा सडक दुइतर्फ नै अवरुद्ध भएको छ ।

धुलिखेल वडा नं ७ मा रहेको डम्पिङ साइट नजिकै रुख ढलेर बिजुलीको तार समेत चुडेकोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल प्रहरी, नेपाली सेना, विद्युत प्राधिकरणका कर्मचारीले रुख हटाउने र तार मिलाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

वी.पी. राजमार्गमा रोशी गाउँपालिका विभिन्न सडक खण्डमा भएको अवरोध हटेपछि सवारीसाधन सञ्चालनमा आएका छन् ।

वडा नम्बर ११ माम्तीमा खहरे खोलाबाट आएको लेदोले अवरुद्ध सडक रोशी गाउँपालिका, सडक विभाग र प्रहरीको प्रयासमा खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

लास्कोट लगायत राजमार्गका अन्य खण्डमा भएको अवरोध पनि प्रहरीले हटाएको छ ।

 

प्रतिक्रिया दिनुहोस