काठमाडौं / नेपालका दुई विद्यालयका विद्यार्थी मैत्रीपूर्ण फुटसल र बास्केटबल खेल्न मलेसिया गएका छन् ।
चेल्सी वल्ड स्कुल र जोन डेवे स्कुल काठमाडौंंका विद्यार्थी मलेसियका विभिन्न स्थानमा मैत्रीपूर्ण खेलमा सहभागी भएको ती विद्यालयले जनाएका छन् ।
छात्रहरुले बुधबार मलेसियाको माउण्ट कियारास्थित गार्डेन इन्टरनेशनल स्कुलमा फुटसल र एसजेके हान मिङ फुचोङ मन्डारिन ल्याङग्वेज स्कुलमा यू–१३ छात्रा बास्केटबल खेलेका थिए ।
८ अगष्ट, विहिबार जेनिथ इन्टरनेशनल स्कुलमा छात्रको यू–१३ र यू–१६ फुटसल र छात्राको यू–१३ बास्केटबल खेल एसजेके हान मिङ फुचोङ मन्डारिन ल्याङग्वेज स्कुलमा हुनेछ ।
९ अगष्टमा विद्यार्थीहरुले एशियाली फुटबल महासंघ भ्रमण गर्नेछन् । सोही दिन यू–१३ छात्रा बास्केटबल एसजेके बेसी क्वाललमपुरमा हुनेछ ।
१० अगष्टमा एसजेके हान मिङ फुचोङमा छात्रा यू–१३ बास्केटबल र अरा दमनसरास्थित इभोल्भ कन्सेपट मलमा रहेको आरकेएस स्पोर्ट सेन्टरमा फुटबल खेलेर टोली नेपाल फर्कनेछ ।
विदेशमा हुने मैत्रीपूर्ण खेलले आफूमा आत्मविश्वास बढाएको र धेरै कुरा सिक्ने अवसर पाएको चेल्सी वल्र्ड स्कुलको तर्फबाट गोलरक्षकको रुपमा खेलेका कक्षा ७ का आर्यस लामाले बताए ।
प्रतिक्रिया दिनुहोस