स्वीस दुतावासको सहयोगमा धुलिखेल अस्पतालको प्रयोगशालामा अत्याधुनिक प्रविधीको मेसिन

नौलो समाचार संवाददाता
२०८१ श्रावण २६, शनिबार मा प्रकाशित ११५ पटक पढिएको
स्वीस दुतावासको  सहयोगमा धुलिखेल अस्पतालको प्रयोगशालामा अत्याधुनिक प्रविधीको मेसिन

धुलिखेल / स्वीस दुतावासको सहयोगमा धुलिखेल अस्पतालको प्रयोगशालामा अत्याधुनिक प्रविधीको मेसिन सञ्चालनमा ल्याइएको छ ।

दुतावास र डाइग्नोटेक सपोर्ट प्रा.लिको सहयोगमा प्रयोगशालामा रोच इन्टिग्रेटेड कोवास पियोर सिस्टम प्रयोगमा ल्याइएको हो ।

स्वीस राजदुत दानियाल म्याउलीले अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक प्रा.डा. रामकण्ठ माकजुलाई अत्याधुनिक प्रविधी भएको मेसिन हस्तान्तरण गरिन् ।

उक्त प्रविधी र मेसिनको प्रयोगले रोग निदान सहज, छिटो हुनुका साथै धेरै परिमाणमा परिक्षण गर्न सकिने प्रयोगशालाका डा. ज्योति तखाँक्षेले जानकारी दिए । उनका अनुसार, हृदयघात, गर्भवती, बाँझोपना, संक्रमण र यसबाट हुन सक्ने जटिलता, गर्भावस्थामा हुन सक्ने उच्च रक्तचाप लगायत बिषयमा थप परिक्षण हुनेछ ।

कार्यक्रममा राजदुत दानियाल, धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु, अीस्पतालका कार्यकारी निर्देशक डा. माकजु, प्रशासकीय निर्देशक डा.विराजमान श्रेष्ठ, डा.अन्जना डंगोल, डाइग्नोटेक सपोर्ट प्रा.लि.का कार्यकारी निर्देशक शुशील थापा लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस