बेलर एकेडमीको कक्षा ११ मा भर्ना हुने ५ सय १८ विद्यार्थीलाई स्वागत, १२ उतिर्ण हुने ४ सय ४५ लाई विदाई

नौलो समाचार संवाददाता
२०८१ श्रावण २७, आईतबार मा प्रकाशित १९४ पटक पढिएको
बेलर एकेडमीको कक्षा ११ मा भर्ना हुने ५ सय १८ विद्यार्थीलाई स्वागत, १२ उतिर्ण हुने ४ सय ४५ लाई विदाई

बनेपा / बेलर इन्टरनेशनल एकेडेमीले २०८१ सालमा अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत र उत्तीर्णलाई एकसाथ बिदाइ गरेको छ ।

एक औपचारिक कार्यक्रम आयोजना गरेर बेलरले कक्षा ११ माविज्ञान र व्यवस्थापन संकायका नवआगन्तुक ५ सय १८ विद्यार्थीलाई स्वागत र कक्षा १२ का ४ सय विद्यार्थीलाई विद्यार्थीलाई बिदाई गरेको हो ।

विज्ञान संकायतर्फ फिजिक्स, वायोलोजी, कम्प्युटर साइन्सका साथै व्यवस्थापन संकायतर्फ होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम, कम्प्युटर साइन्सको अध्ययन हुने गरेको छ । दुवै संकाय गरि कक्षा १२ मा हाल ६ सय ५० जना अध्ययनरत रहेको प्रिन्सिपल इन्दु थापाले जानकारी दिइन् ।

कार्यक्रममा कठमाडौं विश्वविद्यालययका उपकुलपति प्रा.डा. भोला थापाले नेपालमा नै अध्ययन गर्न उत्तीर्ण विद्यार्थीहरुलाई अनुरोध गरे । नेपालमा नै उपयोगी हुने शिक्षा काठमाडौं विश्वविद्यालयले प्रदान गरिरहेको भन्दै उनले नेपालमा नै अध्ययन गर्न अनुरोध गरे ।

नेपाली सेना २६ नम्वर बाहिनीका बाहिनीपति अशोक गुरुङ्ग, नेपाली सेना कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष माधव अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपि) बसुन्धरा खड्का, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, विद्यार्थी इच्छा लामालगायतले विद्यार्थीहरुलाई उत्प्रेरणात्मक भनाई राख्दै व्यवहारिक ज्ञान र सिप प्राप्त गरेपछि देश सेवामा लाग्नुपर्ने तर्क गरेका थिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष भोला थापाले विद्यालयले वालबालिकाको सर्वाङिण विकासको बेलरले विभिन्न अतिरिक्त कृयाकलाप समेत सञ्चालन गरिरहेको बताए ।

कार्यक्रममा बेलरमा उत्कृष्ट १० विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुले विविध सास्कृतिक प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस