रोशी गाउँपालिकाको वित्तिय प्रगति ८० प्रतिशत

नौलो समाचार संवाददाता
२०८१ श्रावण २८, सोमबार मा प्रकाशित २२९ पटक पढिएको
रोशी गाउँपालिकाको वित्तिय प्रगति ८० प्रतिशत

रोशी /  आर्थिक बर्ष २०८०/०८१ मा रोशी गाउँपालिकाले ८० दशमलव ८५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ ।

आ. व. २०८०/०८१ को प्रगति विवरण अनुसार आन्तरिक राजस्व संकलन लक्ष्य भन्दा बढी भएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले बताए । एक करोड २३ लाख ९० हजा संकलन लक्ष्य राखेकोमा १ करोड ३५ लाख ४४ हजार ५ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए ।

गाउँपालिका र वडा कार्यालय मार्फत सम्पादित क्रियाकलापहरूको बार्षिक प्रगति समीक्षामा अध्यक्ष दिनेश लामाले रोशीको समृद्धीको लागि सबै पक्ष लाग्न जरुरी भएको बताए । सिमित श्रोत, साधन र संघ र प्रदेशले वित्तिय हस्तान्तरण सोचे जस्तो प्रगति गर्न नसकिएको भन्दै उनले कार्ययोजनासहित कार्यसम्पादनमा लाग्न निर्देशन दिए ।

गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइवाले गुणस्तरीय विकास निर्माणमा कुनै सम्झौता नहुन भन्दै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा योजना अनुगमन हुने बताए ।

प्रमुख प्रशासकीय अधिकृत तामाङले एउटा शाखाले गरेको राम्रो कामको अनुशरण अर्को शाखाले गर्नुपर्ने बताए ।

रोशी गाउँपालिका वडा नं. ११ का अध्यक्ष लालकुमार पाख्रिनले स्रोत साधन कम तर जनताको अपेक्षा बढी भएकोले त्यसलाई तालमेल मिलाएर काम गर्नुपर्ने बताए ।

वडा नं. ३ का अध्यक्ष धनजित लामाले उद्यमशिलतालाई उत्पादनमा जोडेर पूर्वाधार, कृषि र पर्यटनमा दीर्घकालिन योजना बनाएर अघि बढ्नुपर्ने बताए ।

वडा नं. ७ का अध्यक्ष अशोक कुमार गौतमले उपभोक्ता समितिहरूले गर्नुपर्ने काम कर्तव्य थाहा नभएकाले बिकास निर्माणको काम गर्न असहज भएको बताए ।

प्रतिक्रिया दिनुहोस