बनेपा / एशियन खुल्ला अन्तराष्ट्रिय ताईक्वानदो प्रतियागितामा नेपालले दुई पटक जितेको छ ।
चिनको हुनान प्रान्तको लूधी शहरमा अगस्ट ९ र १० मा भएको एशियन खुल्ला अन्तराष्ट्रिय ताईक्वानदो प्रतियोगितामा नेपालले एक रजत एक कास्य पदक हात पारेको हो ।
ताईक्वानदो आईटीएफ नेपालका प्रशिक्षक गायजी खड़का व्यक्तिगत प्याट्रनतर्फ सेमिफाइनलमा मलेसियाका मो चींगमिंगसंग पराजित भयका थिए । ५८ केजी मुनि तौल समूहमा फाइनलमा खेलमा चिनका छन व्हायूसंग पराजित भएका थिए ।
नेपाल, चीन, मलेसिया, रसिया, अफगानिस्तान, अष्ट्रेलियाका खेलाडी तथा अफिसियल सहभागी उक्त प्रतियोगितामा नेपालकी सस्मीनी बस्नेतले अम्पायरको भूमिका निर्वाह गरेकी थिइन् ।
अगस्ट ८ मा अन्तराष्ट्रिय ताईक्वानदो महासंघका सह–महासचिव तथा सीनियर माष्टर माइकल मुलेताले संचालन गरेको मास्टर क्लासमा ताईक्वानदो आईटीएफ नेपालका सस्थापक अध्यक्ष माष्टर लक्ष्मण बस्नेतले सहायक भइ प्रशिक्षण दिनुका साथ प्रतियोगीतामा विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस