काभ्रेकी रिन्जिन ‘द भ्वाइस किड्स’ सिजन ३ को फाइनलमा, विजेता बनाउन ‘अभियान’

नौलो समाचार संवाददाता
२०८१ श्रावण ३०, बुधबार मा प्रकाशित ९३१ पटक पढिएको
काभ्रेकी रिन्जिन ‘द भ्वाइस किड्स’ सिजन ३ को फाइनलमा, विजेता बनाउन ‘अभियान’

भुम्लु /  काभ्रेको भुम्लु गाउँपालिकाकी रिन्जिन डोल्मा लामा गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को फाइनलमा प्रवेश गरेकी छन् ।

१७ हजार बालप्रतिभा सहभागी डिजिटल अडिसनसहित विभिन्न चरण पार गर्दै ८ जना फाइनलिष्ट मध्ये उनी टिम मिलन नेवारबाट फाइनलिष्ट बनेकी हुन् ।

चारजना कोचबाट दुई–दुई जना फाइनलमा पुगेका छन् ।

कोच मिलन नेवारबाट रिन्जिनसहित समीक्षा दाहाल र कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा फाइनलमा प्रवेश गरेका छन् । कोच छेवाङ लामाबाट द्धितिका प्रधान र छेसाङ तामाङ फाइनलमा पुगे भने अर्की कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा फाइनलिस्ट घोषित भएका छन्।

प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा आगामी शनिबार हुँदैछ । शनिबार ७ बजेसम्मका लागि भोटिङ खुला गरिएको छ ।

शोमा ६ देखि १४ वर्षभित्रका बालबालिका सहभागी हुँदै आएका छन् ।

काभ्रेली प्रतिभा फाइनलमा प्रवेश गरेपछि उनलाई जिताउन जिल्लामा अभियान थालिएको छ ।

विभिन्न स्थानमा प्रचार सामाग्रीका साथै सामाजिक सञ्जालमार्फत पनि भोटको लागि अभियान चलाइएको रिन्जिनका बाबु तीर्थ लामाले जानकारी दिए ।

जिल्लाको शान भएको भन्दै रिन्जिनको पक्षमा स्वतस्फुर्त माहोल बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस